धनगढी । बझाङको उरै भञ्ज्याङ हुँदै ताक्लाकोट नाका खुलाउनका लागि सरकारी र निजी क्षेत्रबाट कुरा उठ्दै आए पनि ठोस रुपमा अगाडि बढ्न सकेको छैन ।
चीनसँगको प्रमुख व्यापारिक नाका बन्न सक्ने ताक्लाकोटलाई खुलाउनका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने सुदूरपश्चिमवासीको आग्रह छ ।मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको क्रममा यो नाकाबारे नेपाल सरकारबाट विशेष पहल हुने प्रदेशवासीको अपेक्षा छ ।
कमसेकम ताक्लोकोट नाका मात्रै खोलिएमा सुदूरपश्चिमको भाग्य र भविष्य बन्छ, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले भने। ताक्लाकोटा नाका सुदूरपश्चिमको । लाइफलाइन' नै बन्न सक्ने ठहर गरिएको छ । उत्तर- दक्षिण दुवैतिर दुई शक्तिशाली छिमेकी राष्ट्रसँग । कनेक्टीभिटी' कायम गर्न सकिए आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा निजी क्षेत्रले गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस