
एजेन्सी । जेट एयरवेजका संस्थापक नरेश गोयल र अन्य पाँच जना विरुद्ध ठगीको मुद्दा दायर भएको छ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले जेट एयरवेजका संस्थापक नरेश गोयल र अन्य पाँच जना विरुद्ध बैंक ठगी मुद्दामा कारबाही गरेको हो। ईडीले यस मामिलामा ५३८ करोडको सम्पत्ति जफत गरेको छ । संलग्न सम्पत्तिमा विभिन्न कम्पनी र व्यक्तिको नाममा १७ आवासीय फ्ल्याट, बंगला र कमर्शियल क्याम्पस रहेका छन् ।
यसअघि ३१ अक्टोबरमा ईडीले नरेश गोयल र अन्य अभियुक्तहरूविरुद्ध आरोपपत्र दायर गरेको थियो। यो मुद्दा क्यानरा बैंकमा ५३८ करोड रुपैयाँको ठगी (मनी लान्ड्रिङ)सँग सम्बन्धित छ। यस मामिलामा ईडीले सेप्टेम्बर १ मा नरेश गोयललाई पक्राउ गरेको थियो। उनी हाल मुम्बईको आर्थर रोड जेलमा कैद छन् ।
क्यानरा बैंकले जेट एयरवेजको फोरेन्सिक अडिटले जेटले आफ्ना सम्बद्ध कम्पनीहरूलाई १,४१०.४१ करोड रूपैयाँ भारु ट्रान्सफर गरेको पत्ता लगाएको आरोप लगाएको थियो। कम्पनीको खाताबाट पैसा झिक्न यस्तो गरिएको हो ।
गोयल परिवारको व्यक्तिगत खर्च ( जस्तै कर्मचारीको तलब, फोन बिल र गाडीको खर्च) सबै जेट एयरवेजले दिने गरेको थियो। गोयलले सन् १९९३ मा जेट एयरवेजको स्थापना गरेका थिए । २०१९ मा उनले एयरलाइन्सको अध्यक्ष पद छाडे ।
प्रतिक्रिया दिनुहोस