
काठमाडौं । जुवातास खलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर रानासमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका २ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगंज बस्ने दाङ घोराही उपमहानगरपालिका १५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस