aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रिगललाई तत्काल थुनामा पठाउन सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
रिगललाई तत्काल थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई तत्काल थुनामा पठाउने आदेश दिएको छ । जन्मकैदको सजाय पाएका रिगललाई दिईएको आममाफी दिने निर्णय बदर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । 

वि.सं २०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल जेलमा रहेका थिए । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरेका थिए ।  

चेतनकी श्रीमती भारती मानन्धरले कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।  
 

प्रतिक्रिया दिनुहोस