aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुद्धोधन गाँउपालिकाको सेवा सुविधालाई लिएर उपाध्यक्ष र कर्मचारीबीच हातपात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
सुद्धोधन गाँउपालिकाको सेवा सुविधालाई लिएर उपाध्यक्ष र कर्मचारीबीच हातपात

भैरहवा । कपिलवस्तु जिल्लाको सुद्धोधन गाँउपालिकाका उपाध्यक्षले प्रमुख प्रसासकिय अधिकृतमाथि हातपात गरेका छन् । उपाध्यक्ष होमप्रकाश चौधरी लालाले प्रसासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीको कार्यकक्षमै पुगी उनीमाथि हातपात गरेका हुन् । उनले हातपात सँगै कार्यकक्षमा भएका सामान तोडफोड समेत गरेका हुन । उपाध्यक्ष चौधरीले गाँउपालिकाको सेवा सुविधालाई लिएर हातपात गरेका हुन । उपाध्यक्षले यस्तो अभर्द व्यवहार पटक पटक गरेको कार्यपालिका सदस्य र वडा अध्यक्षको दाबि छ ।

उनले विगतकै दिनदेखिनै गुण्डागर्दी काम दोहो¥याउदै आएको पालिका अध्यक्ष कमलेश सरण चौधरीले बताए । उपाध्यक्षले पुर्व योजना बनाई विद्युतिय लाइन र जेनरेटर अफ गरी सिसि क्यामेरामा कैद नहुने गरी हातपात गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

कार्यपालिका सदस्य प्रिन्सि कुमार श्रीवास्तवले उपाध्यक्षले सदस्यहरुको केही अधिकार छैन भन्दै सुनिता पासीलाई गाली गलौज गरेको र वडा नं. १ का अध्यक्ष तिलकराम यादवलाई पनि यस अघिनै हातपात गरेको बताए ।

पालिकाका योजना शाखा प्रमुख सन्तोष कुमार श्रीवास्तवले उपाध्यक्षको व्यवहारले कार्यालयमा काम गर्ने वातावरण नभएको बताउँदै कानुनी रुपमा उपाध्यक्षलाई कारवाही नभए सम्म काम गर्न नसकिने बताए । उपाध्यक्षले प्रमुख प्रसासकिय अधिकृत माथि गरेको व्यवहार खेदजनक रहेको कार्यरत कर्मचारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस