aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अब चिनीको हाहाकार अन्त्य हुने, तिहार अघि नै भारतबाट २५ हजार मेट्रिक टन ल्याइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ कार्तिक २०८०
अब चिनीको हाहाकार अन्त्य हुने, तिहार अघि नै भारतबाट २५ हजार मेट्रिक टन ल्याइँदै

काठमाडौँ। दसैँमा चिनीको चरम अभाव व्यहोरेका नेपालीले तिहारमा भने गुलिया मिठाई खान पाउने भएका छन् । भारतबाट तिहार अघि नै जीटुजी प्रक्रिया मार्फत २५ हजार मेट्रिक टन चिनी सरकारले आयात गर्ने तयारी थालेसँगै यस्तो सम्भावना देखिएको हो ।

वाणिज्य मन्त्रालय स्थित स्रोतका अनुसार नेपाल प्रहरी समेत खटाएर सो चिनी तिहार अघि नै नागरिकको भान्सासम्म पुर्‍याउने गरी योजना बनाइएको छ । नेपालका चिनी उद्योगहरूसँग समेत समन्वय गरेर सरकारले देशव्यापी चिनीको आपूर्ति गर्ने तयारी गरेको हो ।

प्रमुख चाडहरूमा चिनी समेत उपलब्ध गराउने नसक्ने भन्दै यसबिच सरकारको कडा आलोचना भएपछि मन्त्रालयले यस्तो अग्रसरता देखाएको हो । यसमा नेपाल प्रहरीलाई सादा पोसाकमा खटाउने र प्रशासन समेत पूर्ण रुपमा सक्रिय बन्ने गरी योजना बनाइएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल गोदाम चिनी लुकाएर कालोबजारी गरिरहेकाहरू सँग रहेको अवैध चिनी जफत गर्न पनि सादा पोसाकका प्रहरी र प्रशासनको टोली तयार गरिएको र सो काममा तुरुन्तै सक्रियतापूर्वक लाग्ने मन्त्रालय स्रोतले जनाएको छ । स्मरण रहोस्, दसैँमा आम नागरिकले प्रतिकेजी १६० रुपैयाँसम्म तिरेर चिनी उपभोग गरेका थिए । सो मूल्यमा समेत सहज रुपमा चिनी उपलब्ध नहुँदा जना आक्रोश निकै नै बढेको थियो । 

प्रतिक्रिया दिनुहोस