aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्रोत नखुलेको १६ लाख ५० हजारसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ कार्तिक २०८०
स्रोत नखुलेको १६ लाख ५० हजारसहित एक जना पक्राउ

नवलपरासी पश्चिम । स्रोत नखुलेको नगद १६ लाख ५० हजारसहित एक जना पक्राउ परेका छन् । रामग्राम नगरपलिका ७ उजैनीबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रुपैयाँसहित पाल्हिनन्दन गाउँपालिका २ हरपुर बस्ने २५ वर्षीय ईमरान खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु ९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खानलाई झोलामा लुकाई ल्याएको उक्त रकम फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस