aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उडिरहेको विमान एक्कासि तारमा झुन्डिएपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
उडिरहेको विमान एक्कासि तारमा झुन्डिएपछि...

एजेन्सी । इटालीको आल्प्स पर्वतस्थित प्रातो वेलिनटिना स्की रिसोर्टको तारमा फँसेर एक सानो विमान दुर्घटना भएको छ । घटनाबाट विमानको एक पंखा भाँचिएको छ ।

तर विमान भने तल भुइँमा खस्न पाएको थिएन । विमानमा सवार दुई मानिस एक पाइलट र अर्का यात्री तारमा झुन्डिएको विमानमा रेस्क्यु टिमलाई कुर्दै बसेका थिए । 

जब विमान दुर्घटनाको खबर फैलियो तब इटालीका राष्ट्रिय गुफ तथा पर्वतीय बचाउ इकाइ ‘सीएनएसएएस’ले रेस्क्यु अपरेशन चलाएको थियो ।

त्यसपछि ६२ वर्षीय पाइलट र ५५ वर्षीया यात्रीलाई सकुशल उद्धार गरिएको छ । एजेन्सीले फँसेको विमानको तस्बिर पनि सेयर गरेका छन् ।

घटनाबाट पाइलटलाई सामान्य चोट लागेको छ । 

प्रतिक्रिया दिनुहोस