
काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साले भन्सार छलेर ल्याएका चकलेटहरू बरामद गरेको छ । प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी एको विभिन्न किसिमका चकलेटहरू बरामद गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नं. ७ रेल्वे सडक खण्डको छेउमा बस्ने रामबाबु प्रसाद कलवारको घरमा भाडा लिएर बस्ने एक व्यक्तिले उक्त चकलेट ल्याएका थिए । जसमा ड्याडी बम चकलेट २१० डिब्बा, विलानो चकलेट १८७ डिब्बा, कुकिज चकलेट ४८ डिब्बा, सफटी टाईम चकलेट ३७ डिब्बा, स्पेन बम चकलेट १६ डिब्बा र चोको फ्रि चकलेट १५६ डिब्बा रहेको छ ।
यी चकलेटको मूल्य ९० हजार ४९० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस