aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
भूकम्प अपडेट

भूकम्पमा परि १२८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ कार्तिक २०८०
भूकम्पमा परि १२८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९३ जना र रुकुममा ३६ को मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले आर्थिकन्युजलाई जानकारी दिए । उनका अनुसार काठमाडौंबाट थप उद्दार टोलि गएको र भग्नावसेसमा पुरिएकाहरुको थप उद्दार हुने बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रहरीका प्रवक्ताका अनुसार रुकुम पश्चिममा ३६ जना, त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतबाट भूकम्प प्रभावित  स्थानमा थप उद्दार टोलि पठाएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस