aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुनको मूल्य फेरि पनि घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
सुनको मूल्य फेरि पनि घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम भएको छ ।

सुन शुक्रबार प्रतितोला ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य घटेको थियो ।

आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस