aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चीनले १० करोड बराबरको राहत सामग्री दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ कार्तिक २०८०
चीनले १० करोड बराबरको राहत सामग्री दिने

काठमाडौं । चीनले कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जाल एक्स मार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिए।

 नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् । ‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस