
काठमाडौं । डोटीमा जीप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । बजुरा हिमाली गाउँपालिका ५ की ३२ वर्षिय राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको छ ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस