
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर १७ कार्तिक २०८० मा गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोमा ट्रिप ईन्न होटल समूह (जर्मनी)ले आर्थिक सहयोग गर्ने भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि ट्रिप ईन्न होटेल समूह (जर्मनी) का तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस