
काठमाडौं । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्स्पो २०८० मा ६० लाख भन्दा बढीको कारोबार भएको एक्स्पो सञ्चालकले दाबी गरेको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको आयोजक नर्सरी व्यवसायी संघले जनाएको हो ।
कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । ६२ वटा स्टलमा विभिन्न जातका फलफूल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफूल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमलालगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामग्रीहरूको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरूबाट ५० हजारदेखि १० लाख बढीसम्म व्यवसायीहरूले फलफूल,बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ ।
तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्यधिक भएकोले स्टल नै खाली हुने गरी बिक्री भएको व्यवसायीले बताए । एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरू छानी छानी पाइने भएकोले फूल बिरुवाका पारखीहरूको मेलामा भीड लागेको र आफूले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा संघले जनाएको छ ।
तर, फूल बिक्रीका लागि राखेका नर्सरी व्यवसायीहरूले भने मेलामा फूलको बिक्री खासै नभएको गुनासो गरेका थिए ।
याे पनिः
पुष्प मेलामा पनि आर्थिक मन्दीको प्रभाव, बिकेनन् फूल, व्यवसायी निराश
प्रतिक्रिया दिनुहोस