
काठमाडौं । भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु भएको छ । सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध समेत गराइएको छ ।
त्यस्तै, टेलिकमले अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा सहितको निःशुल्क सिम दिने भएको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।
उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि प्रकाशचन्द्र सिग्देल ९८५१०२१७४०, जनक डाँगी ९८५११०९९५५ र ओम प्रकाश ढकाल ९८५१३४७८७० संग सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस