aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘गुठी संस्थानमा कर्मचारी भर्ना छिट्टै’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
‘गुठी संस्थानमा कर्मचारी भर्ना छिट्टै’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएको बताएकी छिन । त्यसलाई अनुगमन, नियन्त्रण, नियमनतथा कारवाही गर्नका लागिकतिपय ऐन कानुनका साथै कर्मचारी अभाव रहेको मैले बुझेको छुझ उनले भनिन् ।

यस्ता खालका समस्या समाधान गर्न हामी छिट्टै ऐनको मस्यौदा छिट्टै तयार गरी संसदमा पेश गर्ने, विशेषगरी कर्मचारीको मूलगुनासोको रुपमा रहेको कर्मचारी विनियमावली स्वीकृतिको लागि मन्त्रालयले यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने बताइन ।

सो पश्चात संस्थानको रिक्त पद पूर्तिको प्रकृया अगाडि बढाउने प्रतिबद्वता समेत उनले व्यक्त गरिन । शुक्रबार गुठी संस्थानको ६०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । 

कहिलेकाहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु । तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आमनागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ , मन्त्री चौधरीले भनिन्, ‘यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।’ 

आमनागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न उनले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिइन् । गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति आफू लागि परेको उनले बताईन् । 
 

प्रतिक्रिया दिनुहोस