aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने दुई जना पक्राउ

एजेन्सी । भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म अम्बानीलाई ज्यान मार्ने धम्कीसहित पाँचवटा इमेल पठाइएको थियो र ४ सय करोड रुपैयाँ भारुको माग गरिएको थियो। एलोन मस्कले एआई च्याटबोट ुग्रोकु ल्याएका छन्। अहिले केही चयन गरिएका प्रयोगकर्ताहरूले मात्र यसलाई प्रयोग गर्न सक्नेछन्।

पक्राउ पर्नेमा १९ वर्षीय गणेश रमेश वानपर्धी रहेका छन् । उनलाई पक्राउ गरी अदालतमा पेश गरी कात्तिक ८ गतेसम्म प्रहरी हिरासतमा राखिएको थियो । दोस्रो आरोपीलाई मुम्बई अपराध शाखाले गुजरातको गान्धीनगरबाट पक्राउ गरेको छ ।  

जसको नाम शादाब खान हो। हाल प्रहरीले सादाबसँग यस प्रकरणमा सोधपुछ गरिरहेको छ । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म मुकेश अम्बानीलाई ज्यान मार्ने धम्कीसहित पाँचवटा इमेल पठाइएको थियो। जसमा ४ सय करोड रुपैयाँ माग गरिएको थियो । यी धम्की दुई फरक मेल आइडीबाट दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस