aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भूकम्प प्रभावितलाई सिबिफिनले १० लाख दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
भूकम्प प्रभावितलाई सिबिफिनले १० लाख दिने

काठमाडौं । शुक्रबार राती गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनले तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।   

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले उक्त सहयोग गर्ने जनाएको छ । राहत सहयोग उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरुलाई सिबिफिनले आग्रहर समेत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस