aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् ।

सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसहितका नेता विमानस्थल पुगेका छन् ।

शनिवार अपराह्न ४ : ४५ मा नेपाल आएका चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए ।

ओलीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

शनिवार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति सीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न विषयका समझदारीमा हस्ताक्षर एवं पत्र आदानप्रदान भएको छ । त्यसअघि चीन र नेपालका उच्च स्तरीय टोलीबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस