
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ चीन फर्कने तयारीमा रहेका छन् । उनलाई भव्य बिदाइ पनि भइरहेको छ । तर, यसै क्रममा एउटा अनौठो घटना भएको छ ।
सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सर्प हिँडेको तस्बिर बाहिर आएको छ ।
सर्प देखिएपछि सुरक्षाकर्मीले सर्प भगाएका थिए । यसअघि पँचदिने अमेरिका भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा २०७५ साल चैत १ गते पनि अचानक रेडकार्पेटमा सर्प देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस