aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भन्सार छलिका मोबाइलसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
भन्सार छलिका मोबाइलसहित एक जना पक्राउ

काठमाडौं । भन्सार छलिका मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रूपमा भन्सार छलि लैजान लागेको करिब ९ लाख १७ हजार रूपैयाँ मूल्य बराबरको मोबाइल लगायतका सामानसहित धनुषा जनकपुर उपमहानगरपालिका ५ ठेगाना भएका ३० वर्षीय मोहमद सजिबुल रेनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

कतार एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका उनलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलि गरी लैजान लागेको मोबाइल लगायतका सामानसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट उक्त रूपैयाँ बराबरको आइफोन लगायत विभिन्न कम्पनीका मोबाइल ७ थान, स्मार्ट वाच ५ थान, वायरलेस एयर पड्स २ थान, एयरफोन १ थान बरामद भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस