
एजेन्सी। अहिले गाजामा चलिरहेको इजरायल-हमास युद्धमा एकै परिवारका दुई जना महिलाले पक्ष र विपक्षमा पैसा पठाइरहेका छन् । यसरी त्यहाँ रहेका बच्चाहरू समेत मार्ने गरी इजरायलले गरिरहेको आक्रामकलाई राज्य कोषबाट आर्थिक सहयोग गर्नेमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस रहेकी छिन् । त्यसैगरी त्यहाँका प्यालेष्टाइनी बालबालिकाको लागि सहायता स्वरूप खर्च पठाउन उनकी सौतेनी छोरी एला एमहोफले चन्दा उठाइरहेकी छिन् ।
कमला ह्यारिसकी सौतेनी छोरीले गाजाका लागि ८० लाख अमेरिकी डलर चन्दा उठाई सकेको न्ययोर्क टाइम्सले जनाएको छ । जबकि आमाको प्रशासकले इजरायलको लागि अरबौँ डलर खर्च पठाइरहेको छ ।
गाजामा मानवीय सङ्कट देखिपरेपछि उपराष्ट्रपति कमला ह्यारिसकी सौतेनी छोरी एला एमहोफले गाजाका लागि सार्वजनिक रूपमा पैसा उठाउन थालेकी छिन् । उनको व्यक्तिगत इन्स्टाग्राम खातामा "गाजाका बच्चाहरूको लागि तत्काल राहतलाई समर्थन गर्दै" कोषको प्रचार गर्दै सहयोग सङ्कलन गरिएको हो।
उनको इन्स्टाग्राममा ३ लाख १५ हजार फलोअर्स रहेका छन्। उनीहरू दुवै जनाबिच राम्रो सम्बन्ध छ तर सोचमा भने ठूलो अन्तर देखिएको छ । धेरैले गएको शनिवार व्हाइट हाउस बाहिर भएको विरोध प्रदर्शनमा समेत उनी सहभागी रहेको अनुमान गरेका छन् । उनी सो समयमा अनुहार छोपेर उपस्थित रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस