aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सबैभन्दा छिटो अर्थतन्त्र बढ्ने सूचीमा १० औं नम्बरमा भारत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
सबैभन्दा छिटो अर्थतन्त्र बढ्ने सूचीमा १० औं नम्बरमा भारत

एजेन्सी । भारत विश्वको सबैभन्दा छिटो अर्थतन्त्र बढ्ने देशको सूचीमा १० औं नम्बरमा परेको छ ।  रेटिङ एजेन्सी फिचले विश्व बैंकदेखि आईएमएफसम्म उनीहरूले भारतीय अर्थतन्त्रको वृद्धि दरको अनुमान परिमार्जन गरेका छन्। फिच रेटिङ्सले मध्यम अवधिको लागि भारतको वृद्धि प्रक्षेपण ०।७ प्रतिशतले बढाएर ६.२ प्रतिशत गरेको छ। 

फिच रेटिङ्सले यसअघि मध्यम अवधिको लागि भारतको जीडीपी वृद्धि ५.५ प्रतिशत हुने अनुमान गरेको थियो। जुन ०.७ प्रतिशतले बढाएर ६.२ प्रतिशत पुर्याएको हो । फिचले २०२३ देखि २०२७ सम्म मध्यम अवधि मानेको छ। फिचका अनुसार भारतको जीडीपी विश्वका शीर्ष १० अर्थतन्त्रहरूमा सबैभन्दा उच्च हुने अनुमान गरेको छ। 

 परिमार्जन गर्नु पछाडिको कारणलाई उल्लेख गर्दै एजेन्सीले हालैका महिनाहरूमा भारतमा रोजगारी दरमा ठूलो सुधार भएको बताएको छ। यसबाहेक भारतको श्रम उत्पादन क्षमतामा पनि अन्य देशको तुलनामा उल्लेख्य सुधार भएको छ ।

प्रतिक्रिया दिनुहोस