aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि...

एजेन्सी । मानिस आफूलाई मनपर्ने जोडीसँग बिहे गर्नका लागि अनेकौं सीमाहरु पार गर्ने गर्दछन् । तर अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् ।

ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ वर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनकाृे लागि भन्दै बैैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औंठी किन्ने र रिसेप्शन खर्च उठाउने रकम थिएन ।

प्रहरीका अनुसार बिहेको खर्च जुटाउनका लागि उनले चोरी गरेका हुन् । जब पछि यो घटना आफ्नी हुनेवाली मग्नीले थाहा पाइन् तब उनले हिथलाई आत्मसमर्पण गर्न आग्रह गर्दै उनलाई मनाएकी थिइन् ।

प्रहरी अफिसरका अनुसार आफ्नो मग्नीले मनाएपछि हिथले आत्मसमर्पण गर्न तयार भए । यसका साथै हिथले प्रहरीलाई बिहेको औंठी किन्नका लागि र विवाहको समारोहको खर्चका लागि पैसा नभएको कारणले बैंक लुटेको स्वीकार पनि गरे ।

प्रतिक्रिया दिनुहोस