aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आर्थिक वृद्धिमा नेपालले भारतलाई जित्ने विश्व बैंकको प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असोज २०७६
आर्थिक वृद्धिमा नेपालले भारतलाई जित्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०१९ मा नेपालले आर्कोथिक वृद्धिदरमा भारतलाई जित्ने प्रक्षेपण गरेको छ । नेपाली अर्थतन्त्रको आकारमा  ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको विश्व बैंकले भारतले भने ६ प्रतिशतको मात्र आर्थिक वृद्धिगर्ने अनुमान गरिएको छ । विश्व वैंकले नेपालले गर्ने आर्थिक वृद्धिलाई अघिल्लो आर्थिक वर्षको तुलनामा संतोषजनक मानेको छ । सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.७ प्रतिशत थियो ।

नेपालसहित सार्क क्षेत्रका मुलुकको आइतबार आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दै विश्व वैंकले बंगलादेश ८.१ प्रतिश्को वृद्धिका साथ अग्र स्थानमा रहने जनाएको छ। नेपाल भने दोस्रो स्थानमा रहने छ। तेस्रोमा भने भारत रहने छ जसले ६ प्रतिश्को बृद्दी गर्ने अनुमान छ। सन् २०१८ मा भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको थियो। तर, चालु आर्थिक वर्षमा भने त्यो दर कायम नरहने अनुमान साउथ एशिया इकोनोमिक फोकसको पछिल्लो सस्करणमा उल्लेख गरेको हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको आर्थिक बृद्दी ५ प्रतिशतको मात्र देखिएको थियो जुन गएका पाँच वर्षमा सबैभन्दा कम हो । क्रेडिट रेटिंग एजेन्सी मूडीजले भारतको जीडीपी ग्रोथरेट यसअघि नै घटाईसकेको थियो । मूडीजको अनुमान अनुसार आर्थिक वर्ष २०१९ /२० मा भारतको जीडीपी ग्रोथ ५.८ प्रतिशत मात्र रहने छ ।

विश्व बैंकको प्रक्षेपण अनुसार आगामी वर्षहरुमा भने बंगलादेश र  नेपालको आर्थिक वृद्धिदर केही घट्नेछ ।  बंगलादेशले सन्ने २०२० मा ७.२ र २०२१ मा ७.३ प्रतिशतको वृद्धिरहने छ ।  नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको विश्व बैंकले भारतले भने सन् २०२१ मा ६.९ प्रतिशतको बृद्दीसंगै गति लिनेछ ।

समग्रमा ५.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धि भने अफगानिस्तान, श्रीलंका र पाकिस्तानको रहने अनुमान छ । अफगानिस्तानको २.५, श्रीलंकाको २.७ र पाकिस्तानले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर रहने प्रक्षेपणमा उल्लेख छ। 

नेपालको आर्थिक बृद्दीमा सेवा क्षेत्र, निर्माण कार्य र पर्यटनको बिशेष भूमिका रहने विश्व बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस