_20231107152232.jpg)
काठमाडौं । आइएसएमटी कलेजले भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । कलेजले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित बनेकाहरूलाई पाँच लाख सहयोग गर्ने भएको हो ।
उक्त सहयोग कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गतको रहेको कलेजका अध्यक्ष योगेश उप्रेतीले जानकारी दिए । उनले पीडित समक्ष सहयोग पुगोस् र सबैलाई सहयोगको भावना जागृत गराउनका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको समेत बताए ।
बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा सञ्चालित छ ।
प्रतिक्रिया दिनुहोस