aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख ११ हजार सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख ११ हजार सहयोग

काठमाडौं ।  डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले आज भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम सहयोग गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस