
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५२ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४५ पैसा पुगेको थियो ।
आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८ रूपैयाँ ८८ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४५ पैसा र बिक्रीदर २८ रूपैयाँ ५८ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १० पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस