aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गाजाबासीका लागि इजरायलले प्रस्ताव गर्‍यो नयाँ शहर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ कार्तिक २०८०
गाजाबासीका लागि इजरायलले प्रस्ताव गर्‍यो नयाँ शहर

एजेन्सी । इजरायलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा ९पुनर्जन्म० क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । 

नयाँ शहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त शहरमा करिब पाँच सय परिवारको मिश्रित तथा धर्म निरपेक्ष जनसङ्ख्या रहने छ ।

‘योजनालाई स्वीकृति दिनु इजरायली दायरा (गाजा नजिकको क्षेत्र) लाई बलियो बनाउने दिशामा थप एक कदम हो’, निर्माण तथा आवासमन्त्री यित्ज्याक गोल्डनोफले भने, ‘हालका दिनमा म उत्तर र दक्षिणमा सङ्घर्ष द्वन्द्वग्रस्त बस्तीहरूको भ्रमण गर्दैछु, मुलुकमा सुरक्षा र बस्ती प्रवर्द्धनको आवश्यकता छ भन्नेबारे स्पष्ट आवाज आएको छ ।’

आजको स्वीकृतिले यसको जवाफ दिने र देशको निर्माणलाई अगाडि बढाउने उनले बताए । ‘निर्माण तथा आवास मन्त्रालयले बस्तीको योजना, निर्माण, विकास र सुदृढीकरणको कामलाई निरन्तरता दिनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस