aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इम्पेरमेन्ट चार्जको असर डिप्रोक्स लघुवित्तको नाफामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
इम्पेरमेन्ट चार्जको असर डिप्रोक्स लघुवित्तको नाफामा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुनलामा यस वर्ष कम्पनीको खद नाफा करिब ११ प्रतिशत घटेको हो । 

यस वर्ष इम्पेरमेन्ट चार्ज बढेसँगै कम्पनीको खुद नाफामा असर देखिएको हो । गत वर्ष ३ करोड ९५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ४ करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ । कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा करिब ११ प्रतिशत कम १२ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेको छ ।

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ६७ करोड ३६ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अबृ ५५ करोड १० लाख ८८ हजार रहेको छ । रिटेन्ड अर्निङ ६७ करोड ३६ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब २० करोड रूपैयाँभन्दा बढी रहेको छ । 

पहिलो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९ अर्ब ८३ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले यस अवधिसम्म २१ अर्ब २६ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव ६८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव १४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २२ रूपैयाँ ७६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ १६ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस