aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्रोत नखुलेको भारतीय रूपैयाँसहित जैनुल हक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
स्रोत नखुलेको भारतीय रूपैयाँसहित जैनुल हक पक्राउ

झापा । स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । मेचिनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थान गरी जम्मा उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

उनलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस