aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दुबई एअर-शोमा जानबाट रोकियो रक्षामन्त्रीको जम्बो टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
दुबई एअर-शोमा जानबाट रोकियो रक्षामन्त्रीको जम्बो टोली

काठमाडौं । दुबई एअर-शोमा जम्बो टोली बोकेर जान लागेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको भ्रमण स्थगित भएको छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिममा भूकम्पले धनजनको ठूलो क्षति भइरहँदा विदेश भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित भ्रमण रद्द गरिएको जानकारी दिएको हो ।

फजुल खर्च बढाएर ढुकुटी दोहन गर्न विवादास्पद निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजना हुने १८औं ‘दुबई एअर-शो’मा सहभागी हुन मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोली पठाउन लागेको हो ।

फजुल खर्च बढाउनेगरी साइनो न सुर्ताको एअर-शोमा जाने रक्षामन्त्रीको भ्रमण प्रस्तावलाई कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले स्वीकृत गरेको थियो । मन्त्रालयका कर्मचारीदेखि आसेपासे कार्यकर्ता समेत बोकेर खड्का दुबई उड्न खोजेका थिए । तर, गत शुक्रबार भूकम्प गएपछि उनीमाथि भ्रमण रद्द गर्न दबाब बढेको थियो ।

दुबई एअर–शो २०२३ यही नोभेम्बर १३ (पर्सी) देखि १७ सम्म आयोजना हुँदैछ । एअर–शोमा ९५ मुलुकका १४०० भन्दा बढी प्रदर्शनी रहने युएईले दाबी गरेको छ । १८० भन्दा बढी व्यवसायिक, निजी र सैन्य विमानको प्रदर्शनी रहनेछ । संयुक्त अरब इमिरेट्स (यूएई)  युएईले सन् १९८६ देखि एअर-शो आयोजना गर्दै आएको छ ।

 

यो एअर–शोमा आफ्नो वायुसेना भएका मुलुकको सरकारले मात्र विभागीय मन्त्री पठाउने गरेको छ । वायुसेना नभएका मुलुकबाट सैनिक कमाण्डरहरू जाने गरेका छन् ।

नेपाल सरकारले हालसम्म वायुसेना गठन गर्न सकेको छैन । विषम भौगोलिक मुलुक नेपालमा हुने दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई उद्धार गर्न समेत नेपाली सेनासँग पर्याप्त हेलिकोप्टर छैन ।

वायु सेनाको शक्ति प्रदर्शनी हुने ‘दुबई एअर-शो’मा नेपालले वि.सं. २०७६ मा मात्रै सहभागीता जनाएको थियो । तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल जम्बो टोली लिएर ‘दुबई एअर-शो’ अवलोकन गर्न दुबई पुगेका थिए । त्यसपछि भने नेपालले मन्त्रीकै स्तरमा सो एअर–शो मा सहभागीता जनाएको छैन ।

ढुकुटी दोहन गर्न दुबई एअर–शोमा रक्षामन्त्रीको जम्बो टोली जाँदै

सरकारी स्तरबाट विदेश भ्रमण गर्ने मन्त्रीले दैनिक २५०, सचिवले २२५ र सहसचिवले १७५ डलर दैनिक भ्रमणभत्ता प्राप्त गर्छन्‌ । यतिमात्र नभई उनीहरूले होटलको अलग्गै बिल पेश गरेर पनि ढुकुटी दोहन गर्न पाउँछन्‌ । सरकारले होटल खर्चबापत विशिष्ट तह वा सोभन्दा माथिका पदाधिकारीलाई ३५० र राजपत्रांकित प्रथम तहका कर्मचारीलाई दैनिक २५० डलरसम्म दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस