काठमाडौं । तिहार नजिकिएसँगै व्यापारिक केन्द्रहरूमा किनमेल गर्नेहरूको चहलपहल बढ्न थालेको छ । काठमाडौंको भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडकलगायतका व्यापारिक स्थलमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल बढेको हो ।
तिहारमा लक्ष्मीपूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइलाई लगाइदिन र पुज्न फूलका माला, ओखर तथा ढाका टोपी, दाजुभाइलाई उपहार स्वरूप दिन भाइ मसला र दीपावली गर्नका लागि मैनबत्ती लगायतका तिहारको सामान किन्ने गर्ने ग्राहक बढेका हुन् ।
आयातकर्ताहरूले तिहारमा खपत हुने सामग्री बिक्रीको प्रमुख केन्द्र काठमाडौंलाई नै बनाउने हुनाले यहाँका परम्परागत मुख्य बजारहरूमा किनमेल गर्नेको घुइँचो लागिरहेको छ । रङ, भाइमसाला र तयारी पोशाकको बिक्री बढी हुने गरेको पसलेहरू बताउँछन् ।
हेरौँ तस्बिरहरू :
प्रतिक्रिया दिनुहोस