aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भूकम्प पीडितलाई हिमालयन बैंकले गर्‍यो सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
भूकम्प पीडितलाई हिमालयन बैंकले गर्‍यो सहयोग

काठमाडौं । भूकम्प पीडितहरूलाई हिमालयन बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलङ्गा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबर सहयोग गरेको हो । 

बैंकले राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ । यही कात्तिक १७ गते शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्प गएको थियो । जसबाट जाजरकोट खलङ्गा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठूलो जनधनको क्षति पुर्‍याएको छ । 

बैंकले अत्यावश्यक खाद्यान्न दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलङ्गा र जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमलाई हस्तान्तरण गरेको छ ।  

 

प्रतिक्रिया दिनुहोस