aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सेनाका उपरथी पाण्डेको जन्ममिति छानबिन गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ कार्तिक २०८०
सेनाका उपरथी पाण्डेको जन्ममिति छानबिन गर्न निर्देशन

काठमाडौं । जन्म मिति सच्याएर विवादमा तानिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको जन्म मितिका बारेमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।  नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

 पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको अख्तियार स्रोतले बतायो । पाण्डेले आफू सेनामा भर्ना हुनका लागि आफ्नो उमेर सच्याएर नागरिकतामा केरमेट गरेका थिए । 

एक व्यक्ति, दुई जन्म मिति : ‘वेइटिङ आर्मीचिफ’ ताराध्वज पाण्डेविरुद्ध उजुरीका चाङ

प्रतिक्रिया दिनुहोस