aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हाम्रो पेबाट भाटभटेनीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ कार्तिक २०८०
हाम्रो पेबाट भाटभटेनीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डिजिटल वालेटको मर्चेन्ट नेटवर्कमा भाटभटेनी समेत समावेश भएको हो ।  

भाटभटेनी, हाम्रो पे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबीबीचको सहकार्यमा यो अफर ल्याइएको उल्लेख छ । एनआईएमबी हाम्रो पेको सेटलमेन्ट बैंक समेत हो । यससँगै हाम्रो पेले विशेष अफर समेत ल्याएको छ । जसअनुसार हाम्रो पेबाट भाटभटेनीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाउन सकिनेछ । 

यद्यपि यस्तो छुट रकम अधिकतम २०० रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ । यस्तो क्यासब्याक प्राप्त गर्न तपाईँले भाटभटेनीको काउन्टरमा हाम्रो पे क्युआर अनुरोध गरी हाम्रो पे वालेटबाट भुक्तानी गर्नुपर्ने हुन्छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले हाम्रो पेसँगको सहकार्यमार्फत डिजिटल भुक्तानी र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताएका छन् । 

हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबै जसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।

हाम्रो पात्रो एपमा रहेको ‘हाम्रो पे’ मा ट्याप गरी लगइन गरेर सजिलै यो डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सकिने छ । यसका लागि छुट्टै अर्को मोबाइल एप डाउनलोड समेत गरिरहनु पर्दैन । हाम्रो पेमा बाँडेर अर्थात् संयुक्त रूपमा बिल भुक्तानी गर्न सकिने, पैसा सापटीका लागि अनुरोध पठाउन मिल्ने, आम्दानी तथा खर्चको रेखाचित्र, लाइभ च्याट सपोर्ट, नेपाली सहित अन्य स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक विशेषता समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस