aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ कार्तिक २०८०
बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । केहि दिनयता नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १४ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ रहेको छ ।                       

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                          
 

प्रतिक्रिया दिनुहोस