aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सेनाका वरिष्ठ उपरथी पाण्डेको उमेरमाथि छानबिन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ कार्तिक २०८०
सेनाका वरिष्ठ उपरथी पाण्डेको उमेरमाथि छानबिन शुरु

काठमाडौं । जन्ममिति विवादमा तानिएका नेपाली सेनाले वरिष्ठ उपरथी ताराध्वज पाण्डेको विषयमा छानबिन शुरु भएको छ । खख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत रक्षा मन्त्रालयमा पत्र गएपछि रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको विषयमा छानविन शुरु भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको छ । कानुनका उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको सेनाको स्रोतले बताएको छ । 

सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो ।  पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो ।

 उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् । सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका छन् । 

एक व्यक्ति, दुई जन्म मिति : ‘वेइटिङ आर्मीचिफ’ ताराध्वज पाण्डेविरुद्ध उजुरीका चाङ

प्रतिक्रिया दिनुहोस