aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाँच सय दरका २० थान नक्कली नोटसहित एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ कार्तिक २०८०
पाँच सय दरका २० थान नक्कली नोटसहित एक पक्राउ

मकवानपुर । पाँच सय दरका २० थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका ६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२-०३-००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस