aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महरा-राेशनी काण्ड, प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गरेकी हुँः राेशनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
महरा-राेशनी काण्ड, प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गरेकी हुँः राेशनी

काठमाडाैं । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा अघिल्लो साता बालुवाटार निवासबाटै पक्राउ परिसकेके छ । महरालाई असोज २८ गते काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने प्रहरी तयारी छ भने २४ असोज शुक्रबार ती महिलाको नामबाट अर्को विज्ञप्ति जारी भएकाे छ ।

जहाँ महरा निर्दोष भएको दाबी गरिएको छ । यहाँसम्मकी उनले प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गरेको दाबी गरेकी छन् । पत्रमा उनको हस्ताक्षर भने छैन । त्यसैले यो उनको आफ्नै पत्र हो वा होइन त्यसै भन्न सकिने अवस्था नभएको प्रहरी स्रोत बताउँछ ।

संसद् सचिवालयमै कार्यरत रोशनी शाहीलाई उनकै कोठामा गएर महराले दुर्व्यवहार गरेको घटना झनपछि झन् रहस्यमय बन्दै गएको छ । पीडित रोशनीले सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि प्रहरीलाई नै दिएको बयान पटक पटक फेरेकी छन् । 

महरा असोज १२ गते आइतबार रोशनीको कोठामा पुगेका थिए । यद्यपी महराले आफू रोशनीको कोठामै नगएको दाबी गर्दै आएका थिए । 

यस्ताे छ पत्र

प्रतिक्रिया दिनुहोस