aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ कार्तिक २०८०
कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । कतार पठाईदिन्छु भन्दै एक लाख ८६ हजार रूपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं मनमैजु बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका ७ का ३३ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी १ लाख ८६ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस