aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ कार्तिक २०८०
उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएक छन् । यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । 

उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरुबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पाँच दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस