
राजधानी लगायत अहिले देशभर चिसो बढेको छ । ठन्डीबाट बच्ने उत्तम उपाय न्यानो कपडा लगाउनु मात्र होइन तातो तातो झोलिलो पदार्थ या सुपहरु पिएर जिउलाई न्यानो बनाउनु पनि त्यतिकै महत्वपूर्ण कुरा हो । चिसोमा कसरी ज्यान तताउने ? गजब काइदा हो, तात्तातो सुप, भेज खानुहोस् वा ननभेज, सबै विकल्प तपाईको निम्ती खुला छन् ।
सुप बनाउन धेरै मेहनत गर्नुपर्दै, धेरै सामाग्री जोरजाम पनि गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको या हड्डीको सुप बनाउन सकिन्छ । यो चिसोमा तातो सुपले जाडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन प्रणालीलाई सहज बनाउछ । अर्को कुरा त के भने, जाडो याममा हामीलाई भोक बढी लागिरहन्छ । भोक लाग्ने वितिक्कै खानेकुरा हो भने मोटोपन बढ्ने डर हुन्छ। तर, सुप सेवन गर्दा त्यस्तो डर पनि हुँदैन ।
थाइ तोमयाम सुपः सामाग्री च्याउ ३० ग्राम, लेमन ग्रास एक पोटी, लेमनको पात दुइ वटा, १० देखी १५ ग्राम अदुवा, आधा लिटर पानी, एक चिया चम्चा तोमयाम पेस्ट, एक चिया चम्च कागतीको रस, सानो एक मुठा धनिया चाहिन्छ ।
२० ग्राम तामा, २ वटा हरियो खुर्सानी, एक चिया चम्चा चिल्ली पेस्ट, (६० ग्राम चिकन या माछा, एक वटा गोलभेडा, एक चिया चम्चा फिस सस, स्वादअनुसार नुन, मरिच आवश्यक पर्छ ।
यसको लागि पहिला पानी उमाल्नुपर्छ । त्यसपछि लेमन ग्रास, लेमन पात र अदुवालाई त्यसमा राखिदिनुस् । त्यसलाई केही बेर उमालेपछि बाँकी सामाग्री राख्दै जानुपर्छ ।अन्त्यमा कागतीको रस र धनिया राख्नुहोस् । सुप तयार हुन्छ । यसलाई भेजमा पनि तयार गरेर सेवन गर्न सकिन्छ ।
चाइनिज हट एन्ड सावर सुपः मसिनो गरि काटेको बन्दा र गाजर । ६० ग्राम भेडे खुर्सानी, एक चिया चम्चा सोया सस तयार गर्नुहोस । आधा लिटर पानी, एउटा अण्डा, दुई वटा हरियो खुर्सानी, एक चिया चम्चा चिल्ली पेस्ट, एउटा प्यास, दुई चिया चम्चा टोमटो केचप, आधा चिया चम्चा कागतीको रस या भेनिगर पनि आवश्यक पर्छ ।
मसिनो काटेको अदुवा एक चिया चम्चा, दुई टुक्रा च्याउ, एक चिया चम्चा तिलको तेल, काटेको तामा दुई चिया चम्चा, दुई चिया चम्चा कर्न प्लोर ,२० ग्राम तोफु, मसिनो गरि काटेको चिकेन ६० ग्राम, स्वादअनुसार नुन र मरिचको धुलो चाहिन्छ ।
पहिला भाडामा पाानी तताउनुस र त्यसमा जुलिएन काटेका भेजिटेवललाई राख्नुस् । त्यसमा अदुवा, नुन, मरिचको, टिमुरको धुलो, काटेको खुर्सानी र चिकन हालेर उमाल्नुहोस् । केही समयपछि सोया सस, चिल्ली पेस्ट, केचप टमटर राख्नुहोस् ।अन्त्यमा कर्न प्लोर राखेक हल्का बाक्लो बनाउनुस् । त्यसपछि अन्डा फिट्नुहोस र कागतीको रस या भिनेगर पनि राख्नुस् । तिलको तेलमा प्याज राखेर मिलाउनुस् । यसरी तयार पारेको सुप पिउन सक्नेछन् ।
क्वाँटी सुपः आवश्यक पर्ने सामाग्री डेढ कप टुसाएको गेडागुडी, दुई चिया चम्चा पिसेको अदुवा र लसुन, दुई वटा हरियो खुर्सानी, एक मुठा धनियाँ, दुई चिया चम्चा तोरिको तेल, एक चिया चम्चा ज्वानो,अधा चिया चम्चा जिरा र धनियाँको धुलो, एक वटा प्याज, गोलभेडा, आधा चिया चम्चा बेसार, स्वाद अनुसारको नुन तयार पार्नु पर्छ ।
पहिला प्रेसर कुकरमा तेल तताउनुहोस् । त्यसमा पहिला ज्वानो फुराउनुस र पिसेको अदुवा र लसुन राखेर भुट्नुहास् ।त्यसपछि काटेको प्याज र गेडागुडी राख्नुहोस् । त्यसलाई पूर्ण रुपमा भुटेपछि सम्पूर्ण मसला र पानी राखिदिनुहोस् । पानी उम्लन थालेपछि प्रेसरको धक्कन लगाइदिनुस् ।
ढकन लगाइसकेपछि मन्द आगोमा पाक्न दिनुपर्छ । तीन वा चार सिठी लागेपछि त्यसलाई निकाल्नुहोस् र धनियाँ राख्नुहोस् ।क्वाँटीमा खसिको मासको मिश्रण गराएर पनि सेवन गर्न सकिन्छ । यस्तो सुप स्वास्थ्यको लागि पनि अति उपयोगी हुन्छ ।
खसिको खुट्टा सुपः आवश्यक सामाग्री खसीको खुट्टा २ पिस, दुई चिया चम्चा पिसेको अदुवा र सुसन्, आधा कप मस्याङ, आधा चिया चम्चा गरम मसला धुलो, आधा चिया चम्चा बेसार, आधा चिया चम्चा जिरा, मेथी, दुई वटा तेजको पात । डेढ चम्चा तोरिको तेल, एक मुठा हरियो धनियाँ, एउटा प्याज र गोलभेडा, आवश्यकताअनुसार पानी, एक मुठा धनियाँ, स्वादअनुसार, नुन, खुर्सानीको धुलो तयार गर्नुहोस् ।
पहिला प्रेसर कुकरमा तोरिको तेल तताएर त्यसमा मेथी फुराउनुहोस । अनि अदुवा, लसुन, तेज पात प्याज राखेर केहीवेर भुट्ने । त्यसमै काटेको खसीको खुट्टा राखेर चलाउने । त्यसपछि मसला र पानी राखेर उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसरकुकर बन्द गर्नुहोस् । प्रेसरमा ७ वा ८ सिठी लागेपछि अगोबाट वाहिर निकाल्ने । त्यसमा धनिया राखेपछि खसिको स्वादिलो खुट्टी सुप तयार हुन्छ ।
प्रतिक्रिया दिनुहोस