aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

३३ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
३३ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं र कास्कीमा गरि ३३ जना जुवाडे पक्राउ परेका छन् । काठमाडाैं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद ४ लाख १ हजार १५ रुपैयाँ, कौडा १८ थान र १ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

कास्की, पोखरा महानगरपालिका-१८ चालिसे डाँडास्थित रेष्टुरेष्टमा कौडा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४४ वर्षीय खिमलाल पहारी लगायत १५ जनालाई नगद ६ लाख १० हजार रुपैयाँ र कौडा ३२ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ काहुखोला वुडुवा मार्ग बस्ने बिष्णुमाया गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका(१३ वुडुवा मार्ग बस्ने ५७ वर्षीय सूर्य बहादुर कार्की लगायत ७ जनालाई नगद ४९ हजार ५ सय ६० रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस