aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन दिनको मौसम पूर्वानुमान :कोशी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ कार्तिक २०८०
तीन दिनको मौसम पूर्वानुमान :कोशी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
 
आइतबार दिउँसो ː कोशी प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती स् देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

सोमबार दिउँसो  देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत  देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार दिउँसो  देशको पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत  देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस