aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ कार्तिक २०८०
राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन । 

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजारगोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस