aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतको एक अपार्टमेन्टमा आगलागी हुँदा ९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ कार्तिक २०८०
भारतको एक अपार्टमेन्टमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको हैदरावादको नामपल्ली क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घटना सोमबार बिहान भएको आगलागी प्रशासनले अहिले आगो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

आगो यति ठूलो थियो अपार्टमेन्टको माथिल्लो तलामा बस्ने केही मानिस बाहिर निस्कन सकेनन्। खबर पाएलगत्तै दमकल पुगेको र जलिरहेको भवनमा फसेका एक बालक र उनकी आमालाई सिँढीको सहायताले उद्धार गरेको थियो । तर आगो निभ्दासम्म ९ जनाको ज्यान गइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस