aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बेलायतमा ठूलो राजनीतिक परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ कार्तिक २०८०
बेलायतमा ठूलो राजनीतिक परिवर्तन

एजेन्सी । सोमबार बेलायती राजनीतिमा ठूलो परिवर्तन देखिएको छ । गृहमन्त्री सुएला ब्रेभरम्यानको कुर्सी इजरायल र हमासका कारण गएको छ । उनले लण्डन प्रहरीलाई प्यालेस्टाइन समर्थक भएको आरोप लगाएपछि उनलाई पदबाट बर्खास्त गरिएको छ । त्यसपछि प्रधानमन्त्री सुनकले जेम्स क्लिभरलीलाई देशको नयाँ गृहमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन सात वर्षपछि राजनीतिमा फर्किएका छन् ।

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन सुनक सरकारमा नयाँ विदेशमन्त्री नियुक्त भएका छन् । उनले जेम्स क्लिभरलीको स्थान लिनेछन् ।सुएलाको स्थानमा जेम्सलाई गृहमन्त्री बनाइएको छ । यसरी बेलायतमा ठूलो राजनीतिक परिवर्तन भएको छ । क्यामरुन सन् २०१० देखि २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए । तर बेलायतमा ब्रेक्जिट जनमत संग्रहको नतिजा बाहिर आएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस