aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दिपावलीमा भारतमा ४ लाख करोड रुपैयाँको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ कार्तिक २०८०
दिपावलीमा भारतमा ४ लाख करोड रुपैयाँको कारोबार

एजेन्सी । दीपावलीमा हिन्दुहरु भएको देशका बजारमा जताततै भिडभाड छ ।  सहरदेखि ग्रामीण इलाकासम्मका बजारमा उत्साह थियो । ‘भारतीय उद्योग परिसंघ’का अनुसार यस पटक दीपावलीमा भारतभरी ४ लाख करोड रुपैयाँ भारुको कारोबार भएको थियो । आगामी हप्ताहरूमा यो व्यवसाय अझ बढ्ने अपेक्षा गरिएको छ। बजारमा उपभोक्ताको मनोबल पनि सकारात्मक छ ।

कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सका राष्ट्रिय महासचिव प्रवीण खण्डेलवाल भन्छन्, । यस वर्ष दीपावलीको सिजनमा देशभरका बजारहरूमा ३.७५ लाख करोडभन्दा बढीको कीर्तिमान कारोबार भएको छ। यसमा ग्राहकले राम्रो खरिद गरेका छन् । 

गिरीश अग्रवाल विगत केही दशकदेखि दिल्लीको बंगाली बजारमा मिठाईको व्यापार गर्दै आएका छन् । उनको ‘बंगाली स्वीट्स’ ले दीपावलीमा राम्रो व्यापार गरेको छ । यो वर्ष मिठाईको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ । तर, बजारमा बढ्दो प्रतिस्पर्धाले नाफामा असर गरेको छ । यसै क्रममा प्रवीण खण्डेलवाल भन्छन्, गोवर्धन पूजा, भैया दुज, छठ पूजा र तुलसी विवाह अझै बाँकी छ, यसमा करिब ५० हजार करोडको कारोबार हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस